तपाईँ सुन्दै हुनुहुन्छः

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाउनुभयो राष्ट्रिय झण्डा  

ललितपुर I प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिका परिसरमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा  नेपालको झन्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ । 

जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा पनि महानगर परिसर पुग्नुभएको छ । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री जीवनराम श्रेष्ठ, सिँचाई तथा ऊर्जा मन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेता बामदेव गौतम, साहित्यकार, कलाकार, संस्कृतिकर्मी महानगर प्रंगाणमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन  अपराह्न ४ बजेसम्म राखिनेछ र त्यसपछि अध्ययनका लागि किष्ट अस्पतालमै फिर्ता लगिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button