वाङ्मय शताब्दी पुरुषको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकामा

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।
जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलीका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्