बारामा ७७ जना सङ्घीय र प्रदेशसभामा १ सय ६ जना उम्मेदवार
बारा । मंसिर ४ गते हुन गइरहेको सङ्घीय एवम प्रदेश सभा निर्वाचनमा बारामा जम्मा १ सय ८३ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सङ्घीय सांसदमा ७७ जना र प्रदेश सभामा १ सय ६ जना विभिन्न पार्टी एवं स्वतन्त्रबाट उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।
४ वटा निर्वाचन क्षेत्र , ८ वटा प्रदेश सभा रहेको बारामा जम्मा ३ सय ५ मतदान स्थल र ५ सय ५५ मतदान स्थलबाट ४ लाख ३३ हजार ५ सय ४ जनाले मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभामा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक दलहरूबाट ११ जना , स्वतन्त्रबाट ६ जना गरि १७ जना, निर्वाचन क्षेत्र नम्बर २ मा दलबाट ११ जना , स्वतन्त्रबाट ११ जना गरि २२ जना , निर्वाचन क्षेत्र नम्बर ३ मा दलबाट १५ जना , स्वतन्त्रबाट ३ जना गरि १८ जना र निर्वाचन क्षेत्र नम्बर ४ मा दलहरूबाट १० जना , स्वतन्त्रबाट १० जना गरि जम्मा ७७ जनाको उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम प्रकाशित गरिएको छ ।
त्यसैगरि प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ को क बाट ८ जना दल, स्वतन्त्रबाट ४ जना गरि १२ जना, ख मा दलबाट ६ जना, स्वतन्त्रबाट ७ जना गरि १३ जना , निर्वाचन क्षेत्र नम्बर २ को क दलबाट ६ जना दलबाट, ७ जना स्वतन्त्रबाट गरि १३ जना, ख बाट दलबाट ६ जना स्वतन्त्रबाट ९ जना गरि १५ जना , निर्वाचन क्षेत्र नम्बर ३ मा प्रदेश क बाट दलको तर्फले १० जना , स्वतन्त्रबाट ४ जना गरि १४ जना, ख बाट दलबाट ८, स्वतन्त्रबाट ३ जना गरि ११ जना र निर्वाचन क्षेत्र नम्बर ४ को क मा दलबाट ९ जना , स्वतन्त्रबाट ४ जना गरि १३ जना र ख मा दलबाट ९ जना, स्वतन्त्रबाट ५ जना गरि १४ जना उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम प्रकाशित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्