तपाईँ सुन्दै हुनुहुन्छः

अरिङ्गाल पोल्न खोज्दा रुखबाट लडेर एक जनाको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–२, हापुरमा अरिङ्गाल पोल्न खोज्दा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । 

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर तिनाउ–२, हापुर बस्ने ३० वर्षका विष्णु सारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तारे जङ्गलको सालको रुखमा रहेको अरिङ्गाल पोल्न क्रममा सारु रुखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । 

घाइते सारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गएराति ११ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button