बाजुराका बाढी पहिरो पीडितको उद्धारमा नेपाली सेना

बाजुरा । अविरल बर्षाका कारण क्षतिग्रस्त क्षेत्रको उद्धारमा यति बेला नेपाली सेना जुटेको छ ।
१९ गतेदेखि लगातार परेको बर्षाले बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा रहेका विभिन्न ठाउँमा नेपाली सेनाको टोलीहरू राहत तथा उद्धारमा लागेको दुर्गा भन्ज्याङ गुल्म थापाथली ब्यारेक बाजुराले जनाएको छ ।
लगातार परेको अविरल बर्षाका कारण २४ गते हिमाली गाउँपालिका ५ रुगिनमा ४ घर पहिरोले भत्काएको सो पहिरोबाट प्रभावित भएका परिवारलाई दुर्गा भन्ज्याङ गुल्म थापाथली ब्यारेक बाजुराबाट सुरक्षार्थको लागि खटिई सुरक्षा से.मु. तिथीचौर पोष्टबाट सोही दिन जमदार भीम बहादुर बानियाको कमाण्डमा उद्धार गरिएको जनाएको छ ।
नेपाली सेनाको टोली खुट्टिई उक्त पहिरोबाट विस्थापित भएका घर परिवारलाई सकुशल उद्धार गरी ब्यारेक हाताभित्र (तिथीचौर पोष्ट स्थित) खाना, लत्ता कपडा तथा बसोबासको व्यवस्था मिलाइएको दुर्गा भन्ज्याङ गुल्म थापाथली ब्यारेक बाजुराका गुल्मपति दिवाकर खड्काले बताउनुभयो
त्यसैगरी, पीडितहरूलाई भोलिपल्ट सुरक्षित ठाउँमा व्यवस्थापन गरी बस्न त्रिपाल लगायतको आवश्यक सहयोग गरिएको गुल्म पती खड्काले जानकारी दिनुभयो ।
वर्षाको कारण जिल्लाका विभिन्न ठाउँमा बाटो अवरुद्ध, बाढी पहिरोको कारण जिल्ला सुरक्षा समितिको आग्रहमा सामूहिक टोली परिचालन गर्ने निर्णय भएबमोजिम नेपाली सेना दुर्गा भन्ज्याङ गुल्मको सामूहिक टोली राहत उद्धार, बाटो निर्माण तथा विपद् ग्रस्त क्षेत्रमा पुनर्स्थापनामा सहयोगका लागि हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका लगायतका विभिन्न ठाउँमा विभाजन भई सहयोगको लागि परिचालित भएको गुल्मपति खड्काले बताउनुभयो ।
यसैबीच बाढी पहिरो पीडितलाई आवश्यक राहात सामग्री वितरण गर्न जिल्लाबाट सरकारी टोली खटाइएको बताइएको छ ।
टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, कृषि, भेटेरनरी र मेडिकल टिमसहित २५ जनाको उद्धार टोली बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्