हात—हतियार प्रहरीमा बुझाउन आग्रह
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । प्रशासनले सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताउनुभयो । उहाँले आगामी २०७९ कात्तिक १० गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरिएको बताउनुभयो ।
इजाजतविनाका हतियार समेत फेला परेको भए तत्काल बुझाउन प्रशासनले सूचना प्रकाशन गरेको छ । प्रहरीमा बुझाएका इजाजत प्राप्त हतियार चुनाव सकिएपछि पुन व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्