तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारको अन्तिम नामावली प्रकाशन

file photo

काठमाडौं।निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् l ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । अन्यमा १ जना रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button