असई यादवको मृत्यु प्रकरणमा एसपी खड्का हेडक्वार्टर तानिए
सप्तरी । सप्तरीको छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव मृत भेटिएको घटना प्रकरणमा अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्का हेडक्वार्टर तानिएका छन् ।

असोज २० गते बिहीबार दिउँसो २ बजे सीमावर्ती बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा असई यादव नग्न अवस्थामा मृत भेटिएका थिए ।
उक्त घटनामा अनुसन्धानका लागि एसपी खड्कालाई हेडक्वार्टर तानिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो । ‘घटनाबारे सोधपुछका लागि उहाँलाई झिकाइएको छ’, उहाँले भन्नुभयो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान जारी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्