तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय भोजपुरद्वारा हातहतियार सङ्कलन गर्न सुरु 

भोजपुर । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भोजपुर हातहतियार सङ्कलन गर्न सुरु गरेको छ । 

निर्वाचन निष्पक्ष र स्वतन्त्र पूर्वक गराउन लागि जिल्ला प्रशासन कार्यालय भोजपुरले सबैलाई आफूसँग भएका हातहतियारहरू बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, “हामीले प्रशासन मार्फत हातहतियार बुझाउने विषयको सूचना सार्वजनिक गरि सकेका छौ, सोही अनुसार आफूसँग भएका हातहतियार बुझाउनु होला ।”

जिल्ला प्रशासन कार्यालयले आगामी कार्तिक ५ गतेभित्र पायक पर्ने प्रहरी इकाईहरूमा निर्वाचन सम्मका लागि हातहतियार बुझाउन सबैलाई भनेको छ । तोकिएको समय भित्रमा पनि हातहतियार नबुझाएमा खोजतलास गरी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रहरी इकाईमा बुझाइएका हातहतियारहरूको लगत अनुसार निर्वाचन भएको एक हप्ता पश्चात् फिर्ता गरिने प्रशासनले निकालेको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button