तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच बेपत्ता 

 कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ बालीमा पहिरोले घर बगाउँदा  एकै घरका ५ जना बेपत्ता भएका छन् ।

 बेपत्ता हुनेहरूमा  ४२ वर्षका  ध्रुब बिष्ट ३५ वर्ष की ममता बिष्ट १५ वर्ष का भरत बिष्ट १३ वर्षका कृपेश बिष्ट ११ वर्ष की ज्योति बिष्ट रहेका छन् ।

आइतबार बिहान साढे १० बजे पहिरोले घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् ।

उनीहरूको खोजीकार्य अहिले जारी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button