तपाईँ सुन्दै हुनुहुन्छः

रुखमा अड्किएर ज्यान जोगाएका दुई युवकको सात घण्टापछि उद्धार

बाँके । बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार सुरक्षाकर्मीद्वारा उद्धार गरिएको छ ।

खजुरा गाउँपालिका– २ ‘के’ गाउँस्थित किरण नाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि सकुसल उद्धार गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा–२ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरी सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button