तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद: पुरुष ह्यान्डबलमा गण्डकीको विजयी सुरुवात

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि सुरु भएको ह्यान्डबलका खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा मधेस प्रदेशसँग भिडेको गण्डकीले ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले कांस्य पदक जितेको थियो ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको खेल तालिकाअनुसार पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा एपीएफ, लुम्बिनी, प्रदेश नं १ र सुदूर पश्चिम छन् । त्यसैगरी, महिलातर्फ समूह ‘ए’ मा एपीएफ, लुम्बिनी, सुदूर पश्चिम र गण्डकी तथा समूह ‘बी’ मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना भइरहेको नवौं राष्ट्रिय अन्तर्गत महिलातर्फ ३ र पुरुषतर्फ ५ गरी ८ वटा खेल सञ्चालन भइरहेका छन् । नवौं राष्ट्रियमा ह्यान्डबल खेल असोज २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button