ओखलढुङ्गामा एक पदका लागि १० जनाको उम्मेदवारी
ओखलढुङ्गा । ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्य एक पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाबाट एक स्वतन्त्र र नौ दलका गरि १० जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् ।
जिल्लाका एक प्रतिनिधिसभा र दुई प्रादेशिक क्षेत्रमा भने ११ वटा दलका २५ जनाले मनोनयन दर्ता गराएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ११ वटा दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी(नेपाल), मंगोल नेसनल अर्गनाइजेसन पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबाट नेताहरूले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभाका लागि ओखलढुङ्गामा एक स्वतन्त्रसहित १० जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यका प्रदेश सभा क को लागि ७ जना र प्रदेशसभा सदस्य ख तर्फ १ स्वतन्त्र सहित ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि रामहरि खतिवडा, प्रदेश सभा क मा प्रदीप सुनुवार र प्रदेश ख मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बाबुराम गौतम, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा यज्ञराज सुनुवार, प्रदेश सभा क मा अम्बिरबाबु गुरुङ र प्रदेशसभा ख मा ज्ञानबहादुर खड्का जिवी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा सदस्यको लागि योगेन्द्र बस्नेत, प्रदेशसभा क मा देवराज दाहाल र प्रदेशसभा ख मा कमलबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी बाट प्रतिनिधि सभा सदस्यमा डिकप्रसाद बास्तोला प्रदेश सभा क मा सानुराम दाहाल र प्रदेश सभा ख मा पुष्पराज पोखरेलले मनोनयन दर्ता गराउनुभएको छ ।
जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि जुद्ध बहादुर राई, प्रदेश सभा क मा खेमराज खड्का र प्रदेश सभा ख मा शान्त बहादुर वि.क, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रतिनिधि सभाका लागि विर्ज बहादुर थापा मगर, प्रदेश सभा क मा लाक्पा शेर्पा र प्रदेश सभा ख मा बुद्धिमान राईले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि कुमार तामाङ,प्रदेश सभा क मा नवराज खत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधि सभा सदस्यका लागि ङिमा लमु शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि शोभा कार्की र प्रदेश सभा सदस्य ख मा हाम्रो नेपाली पार्टीबाट हिरा बहादुर कटुवालले मनोनयन दर्ता गराउनुभएको छ ।
स्वतन्त्रमा दुई जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा प्रतिनिधिसभा सदस्यमा हर्क बहादुर खड्का र प्रदेशसभा ख मा टेकनाथ अधिकारीले मनोनयन दिनुभएको हो ।
यद्यपि कुनै पार्टीका आधिकारिक उम्मेदवारलाई धक्का दिनेगरि कुनै दलका नेताहरूले बागी उम्मेदवारी भने दिएका छैनन् । विगतका निर्वाचनहरूमा दलका आधिकारिक उम्मेदवार विरुद्ध बागी पर्ने गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्