तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले जाजरकोटका दर्जन घर जोखिममा

जाजरकोट  । निरन्तरको वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–४ को विभिन्न स्थानमा दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । 

पहिरोको कारण सार्कीबारा टोलका शितली सार्की, कुमारो सार्की, भागन्ते सार्की र कृतिबहादुर नेपालीको घर उच्च जोखिममा परेका वडा अध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो । 

घर माथीबाट पहिरो आएर शितली, कुमारो र भागन्ते सार्कीको घर पुरेको छ भने अर्को घरमा सामान्य क्षति पुगेको छ, पन्तले बताउनुभएको छ । 

त्यसैगरी, मान्चौरका कालिबहादुर रावल, दरिवान रावल, भीमबहादुर डाँगी र बीरबहादुर रावलको घर पनि पहिरोको उच्च जोखिमा रहेको अध्यक्ष पन्तले बताउनुभयो  । 

असोज १८ गते देखिको लगातार वर्षाको कारण जाजरकोट जिल्लामा मकै र धान बालीमा व्यापक क्षति गरेपछि स्थानीयहरू मर्कामा परेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button