तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

काठमाडौं ।कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो।

शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्ने बताउनुभयो।

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन्। उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको शर्माको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button