तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा शङ्करका विरुद्ध रेखाको उम्मेदवारी

दाङ । दाङका तीन वटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेका बीच प्रतिस्पर्धा हुने भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा सहरी विकास मन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै सोही क्षेत्रबाट नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । लमहीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि सोही निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट निर्वाचन जित्नुभएका पोखरेलले यसपटक प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेलका विरुद्ध सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीकी पोलिटब्युरो सदस्य रेखा शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गिरीका विरुद्ध नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button