तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी २ बाट उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी दर्ता

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एउटै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट आज दुवै अध्यक्ष राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

डा. राउत एक्लै चुनाव लड्दा जसपा अध्यक्ष यादवले भने नेकपा एमालेसँग तालमेल गर्नुभएको छ । यादव २०७४ को चुनावमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजय हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button