तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । 

(गठबन्धन) नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी नेपाल, नेपाल एकीकृत पार्टी समाजवादी, जनमोर्चाको संयुक्त उम्मेदवारीका रुपमा नेपाली काङ्ग्रेसबाट गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

यस क्षेत्रको प्रदेशसभातर्फ क्षेत्र नं ३ क मा लोसपाका सन्तोष पाण्डे र ख मा नेपाली काङ्ग्रेसकै नेता रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button