कैलालीमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सुरु

धनगढी । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलालीमा प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता सुरु भएको छ ।
सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलालीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फको उम्मेदवारी दर्ता सुरु भएको बताउनुभयो । धनगढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउने कार्य भइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको बताइएको छ । कैलालीमा उम्मेदवारी दर्ताका लागि बिहान १० देखि बेलुकी ५ बजे समय तोकिएको छ । त्यसै अनुरुप प्रमुख दलहरूलाई उम्मेदवारी दर्ताका लागि फरक(फरक समय निर्धारण गरिएको भट्टले जानकारी दिनुभयो । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा मङ्सिर ४ गते हुने निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा ५ जना र प्रदेश सभा सदस्यमा १० जना सासंद निर्वाचित हुनेछन् । कैलालीमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी ९गठबन्धन० र एमालेका उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा रहने छ ।








प्रतिक्रिया राख्नुहोस्