तपाईँ सुन्दै हुनुहुन्छः

मनोनयन पत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गर्ने

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन पत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरो लगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ ।

file photo

त्यस्तो घटना भएका स्थानमा लागि आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

सोका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा, स्वघोषणा, दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र, दफा २० बमोजिम धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर, उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम, र उम्मेदवारको वैयक्तिक विवरण आयोगलाई बुझाउनुपर्नेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button