तपाईँ सुन्दै हुनुहुन्छः

मनोनयन दर्तामा सहजता लागि समय निर्धारण

सुनसरी । सुनसरीमा ४ वटै निर्वाचन क्षेत्रमा विभिन्न पार्टीहरूलाई मनोनयन दर्तामा सहजता लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ ।

शनिबार बसेको जिल्ला स्तरीय सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार सत्ताधारी दलहरू सम्मिलित गठबन्धनलाई आइतबार दिउसो ४ बजेको समय दिइएको छ ।

त्यसैगरी एमाले र जसपा गठबन्धनलाई दिउसो २ बजे, राप्रपा– ३ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई बिहान १०ः३० बजे, जनमत पार्टीलाई बिहान ११ बजे, नेपाल लोकतान्त्रिक पार्टीलाई ११ः२० बजे, नागरिक उन्मुक्ति पार्टीलाई १०ः४० मङ्गोल नेशनल पार्टीलाई ११ः५० बजे, नेपालका लागि नेपाली पार्टीलाई ११ः३० बजे, जनता प्रगतिशील पार्टीलाई १२ बजे, नेपाली कांग्रेस बिपीलाई २ः३० बजे समय दिइएको छ । स्वतन्त्रहरू एक/एक जना आउने भएकाले उम्मेदवार मनोनयन दर्ताको समय बिहान १० देखि साँझ ५ बजेसम्ममा जति बेला पनि आउन पाउने भएका छन् ।

आइतबार असोज २३ गते आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button