तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखले छाड्नुभयो सरकारी निवास

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोड्नुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुख सापकोटाले सरकारी निवास छोड्नुभएको हो ।

सभामुख सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।  

सभामुख सापकोटाले आजै मात्र सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button