सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु
सल्यान । सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी ज्यान गएको हो ।
हिजो बेलुका पहिरोमा परी हराइरहेका विकको शव खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले फेला पारेको हो । घरबाट नाउला बजार जाँदै गर्दा बाटोमा आएको पहिरोमा पुरिएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
मृतक विकको शवलाई पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्