तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता शिक्षा प्रभावकारी बनाउँदै आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा मतदाता शिक्षा सहजीकरण व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाएको छ ।

file photo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सबै वडा, पालिका र जिल्लाहरूमा मतदाता शिक्षा सहजीकरण समिति गठन गरी कार्यक्रमहरू अगाडि बढाइरहेको बताउनुभयो ।

सबै वडास्तरमा वडा सचिव, पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका समितिहरूमा आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरु समेत पुर्‍याइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

निर्वाचन आयोगले मतदानलाई सहज बनाई मत बदर हुने दर घटाउन मत पत्रलाई सरल बनाएको र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै प्रत्यक्ष निर्वाचन तर्फको मतपत्र छपाई गरी मतपत्रमा जति जना उम्मेदवार हुन्छन् त्यति मात्रै निर्वाचन चिन्हहरू रहने व्यवस्था समेत मिलाएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button