तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

बैठकमा सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) बाहेक अन्य दलका शीर्ष नेताहरू सहभागी हुनुभएको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलका सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित भएपछि अहिले अर्को मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेत गठबन्धनमा सहभागी गराउनेबारे छलफल भइरहेको र लोसपाका नेताहरूलाई समेत बैठकमा बोलाइएको सचिवालय सचिव जोशीले बताउनुभयो । 

यसअघि सत्ता गठबन्धनमा रहेका पाँच दलले सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलले तयार पारेको प्रस्ताव अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको सिट सङ्ख्या निर्धारण गर्ने प्रयास भए पनि जसपाले असन्तुष्टि जनाएपछि सहमति हुन सकेको थिएन । 

सत्ता गठबन्धनमा कुरा नमिले पछि जसपाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button