तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज जिल्ला अदालत बझाङमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल प्रसाद गौतमले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत नन्द किशोर प्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button