खैरेनी खाेलाले बगाउदा ४८ बर्षिय व्यक्तिकाे मृत्यु
दाङ । दाङमा खाेलाले बगाउदा एक जनाकाे मृत्यु भएको छ । मामाघरमा रहेका छाेराछाेरीलाइ लिन जाने क्रममा खैरेनी खाेलाले बगाउदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ बर्षिय मदन डाँगिकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिजाे खाेलाले बगाउदा वेपत्ता भएका डाँगिकाे शव अाज बिहान घटनास्थल देखि ३५ मिटर पर फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी गुर्जे खाेलाले बगाउदा वेपत्ता भएका कल्लु चाैधरीकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्