महिलाको शव फेला

राजविराज । राजविराज नगरपालिका वडा नम्वर ३ स्थित नेपाल सहकारी संस्था लिमिटेडको नव निर्मित भवनको दोस्रो तलाको छतमा एक महिलाको शव फेला परेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ बस्ने हाल राजविराज नगरपालिका वडा नम्वर ६ बस्दै आईरहेका सुरजराज राईको श्रीमति अन्दाजि ३३ वर्षीय रंजना राई रहेको सप्तरी प्रहरीले जनाएको छ ।
मृतक महिला राजविराजको होटलमा काम गर्दै आइरहेकी थिइन । श्रीमानसँग दुई वर्ष देखि छुटिएर एक्लै बस्दै आएकी राईको शव सोमबार राती फेला पारिएको सप्तरी प्रहरीले जनाएको छ ।
महिलाको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्