तपाईँ सुन्दै हुनुहुन्छः

 मोटरसाइकल पल्टिएर लडेका शाहको ट्रकले  कुल्चिएर मृत्यु

चितवन । चितवनमा ट्रकले मोटरसाइकल पछाडि बस्नेलाई कुल्चँदा घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का महमद सकिल शाह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ ६ बजेर ५० मिनेट जाँदा मुग्लिनबाट नारायणगढ जाँदै गरेको बा प्र ०६–०१ प १९८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाइकल पछाडि सवार शाहलाई लु २ ख ५५ नम्बरको ट्रकले कुल्चिँदा मृत्यु भएको हो । 

ट्रक चालक स्याङ्जा जिल्ला गल्याङ्ग नगरपालिका वडा नम्बर ८ का अर्जुन पचभैयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button