तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वहरूबाट सद्भाव कायम: प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नं १ का प्रमुख परशुराम खापुङ्गले नेपालीहरूको महान् चाड बडादसैँ, तिहार र छठले नेपालीहरूबिच आपसी सद्भाव कायम गरेको बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घ विराटनगरद्वारा बडादसैँ, तिहार र छठको उपलक्ष्यमा आज विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालीहरूको मौलिकताका रुपमा रहेका चाडपर्वको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख खापुङ्गले असत्यमाथि सत्यको जीतको रुपमा मनाइने दशैंले सम्पूर्ण नेपालीहरूमा खुशियाली, सुखद जीवनयापनमा सहयोग पुर्‍याउने धारणा राख्नुभयो । विजयादशमी सबै जातजाति, समुदाय तथा आफन्तलाई जोडने पर्व भएकाले यसको आफ्नै महत्त्व रहेको उहाँको भनाई थियो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले नेपालीहरूबिच आपसी सद्भाव र मेलमिलापमा रुपमा विजयादशमीको ठूलो महत्त्व रहेको बताउनुभयो । उहाँले यस वर्षको दसैँ हर्ष उल्लासका साथ मनाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका नेता/कार्यकर्ताहरू, निजामती कर्मचारीहरू, उद्योगी, व्यापारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button