तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यालयमा असन्तुष्ट समूहको धर्ना 

file photo

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा आज धर्ना दिएको छ । काँग्रेसको असन्तुष्ट समूहको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु भएको हो । 

सोमबार बसेको असन्तुष्ट समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।

एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कांग्रेस नेता जगदीश नरसिंह केसीले जानकारी दिनुभयो ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याइए थप विरोधका कार्यक्रम तय गर्ने असन्तुष्ट समूहको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button