सुदूरपश्चिम प्रदेशका तराई रुटमा टाइम कार्ड प्रणाली लागु
टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका तराई रुटमा टाइम कार्ड प्रणाली लागु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बनाएको दशैँ तिहार चाडपर्वलक्षित सुरक्षा योजना अन्तरगत कञ्चनपुर र कैलालीका लामो रुटमा टाइम कार्ड प्रणाली लागु गरिएको हो ।
सवारी दुर्घटना न्यूनीकरण होस् भनी धनगढीदेखि चिसापानी र महेन्द्रनगरदेखि चिसापानीसम्म चल्ने सवारी साधनमा दसैँ तिहारको समयमा टाइम कार्ड लागु गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार पालले जानकारी दिनुभयो ।
प्रदेश ट्राफिक प्रहरीले दशैँ तिहार विशेष सुरक्षा योजना अन्तरगत सवारी साधन चेकजाँचमा कडाइ गर्नुका साथै लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ । प्रहरीले ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको प्रवक्ता पालले बताउनुभयो ।
यात्रु सहायता कक्षमा खटिने प्रहरी कर्मचारीले एक मिनेट यात्रुसँग कार्यक्रम अन्तरगत उनीहरूले भोग्नुपरेको समस्याबारे जानकारी लिने तथा उचित परामर्श दिने काम पनि भइरहेको उहाँले बताउनभयो ।
यात्रुसँग बढी भाडा लिएको, चालक र सहचालकले अमिल्दो व्यवहार गरेको पाइएमा त्यति नै बेला कारबाही गरिने प्रदेश ट्राफिक प्रहरीले चेतावनी समेत दिएको छ ।
यसअघि सुदूरपश्चिमका पहाडी रुटमा चल्ने सवारी साधनलाई टाइम कार्ड लागु गर्ने गरिन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्