पहिरो पीडितलाई गाउँपालिकाद्वारा ५० हजार नगद सहित राहत वितरण

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.२ बसारका पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले हिजो घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले रु ५० हजार नगद सहित कपडा, कम्बल, भाँडाकुँडा र खाद्यान्न सामग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष चक्र कार्की तथा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले घटनास्थलमै पुगेर राहत सामग्री वितरण गर्नु भएको हो ।
पहिरोले नगारीको घर भत्किदा ३ बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।
पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागि रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताउनुभयो । बर्षाका बेला अन्य ठाउँमा समेत पहिरो जान सक्ने भएकाले सबैलाई सुरक्षित भएर बस्न उहाँको आग्रह छ ।








प्रतिक्रिया राख्नुहोस्