तपाईँ सुन्दै हुनुहुन्छः

सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा निधन

काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान २ः३० बजे निधन भएको छ।

तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठुलो योगदान पुर्‍याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो।

नेपालमा उस्ताद गणेशलाल श्रेष्ठ र भारतमा अमिर हुसेन खाँसँग तबला वादनको शिक्षा लिनुभएका गुरुङले विभिन्न भजन र आधुनिक गीतहरूमा समेत सङ्गीत दिनुभएको उहाँका शिष्य मनराज नकर्मीले जानकारी दिनुभयो।

सङ्गीतज्ञ गुरुङका दुई छोरी र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button