तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु

टीकापुर, कैलाली । कैलालीमा छुट्टा छुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । टीकापुरमा मोटरसाइकलले ठक्कर दिँदा टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगरका ७० वर्षीय भोकारी थारु को मृत्यु भएको छ । 

से.६ प.३१८१ नम्बरको मोटरसाइकलले हिजो साँझ ठक्कर दिँदा घाइते भएको थारुको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

यस्तै जोशीपुर गाउँपालिका वडा नम्बर १ बडहरीयामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय नर भुलका ८ वर्षीय छोरा तेज भुलको स्थानीय घैला खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button