तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमले दसैँ अफर उपलब्ध गराउने

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान् पर्वका अवसरमा असोज ८ गतेदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दसैँ अफर उपलब्ध गराउने भएको छ ।

उक्त अफरहरू दसैँका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने अफरमा डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने छ ।

file photo

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने र अफर अन्तर्गतका प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा उपलब्ध गराउने व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button