तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गुका बिरामी बढे

बाँके  । नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् ।  

कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा बद्री चापागाईँले बताउनुभयो ।  

“यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन”, मेसु डा चापागाईँले भन्नुभयो । अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् । 

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button