चाडपर्व नजिकिए सँगै सल्यानमा बजार अनुगमन

सल्यान । सल्यानमा चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन सुरु गरेको छ ।
दशैंँ पर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरूमा मूल्य वृद्धि, मिति नाघेका बस्तुको बिक्री वितरण भए नभएको भन्दै बजार अनुगमन सुरु गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ मा रहेको सल्ली बजारमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा नौ वटा पसलबाट म्याद नाघेका र लेवल नभएका अनुमानित ३१ हजार ८ सय रुपैयाँ बराबरको उपभोग्य बस्तुहरू नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामचन्द्र केसीले जानकारी दिनुभयो ।
दसैँ तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरू बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । म्याद गुज्रिएका, लेबल नभएका सामाग्री जहाँ फेला पर्छ त्यही नै नष्ट गरिँदै आएको उहाँको भनाई छ ।
प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा गरिने यस्तो अनुगमन भने प्रभावकारी हुन सकेको छैन । बजार अनुगमन देखावटी लागि मात्र भएको उपभोक्ताहरूको आरोप रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्