भन्सार जाँचपास परीक्षण कार्य चुस्तदुरुस्त राख्न सचिव दंगालको निर्देशन

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले भन्सार जाँचपास परीक्षण कार्यालय अन्तरर्राष्ट्रिय आवश्यकताका आधारमा स्थापना भएकाले यस्लाई भन्सार विभागको महाशाखाको रुपमा राख्न उपयुक्त नहुने बताउनुभएको छ ।
भन्सार जाँचपास परीक्षण कार्यालयको १३ औं स्थापना दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्नुहुँदै सचिव दंगालले भन्सार जाँचपास परीक्षण कार्यालयले चुस्तदुरुस्त कार्य गरी प्रभाव छोड्न सक्नुपर्ने बताउनुभयो ।
‘भन्सार जाँचपास परीक्षण कार्यालयले प्रभाव छोडन सक्नु पर्ने गरी कार्यसम्पादन गर्नुपर्छ,’ उहाँले भन्नुभयोे ‘प्रत्येक आर्थिक वर्ष अनुसार छनौट भएका फाइलहरुको अभिलेख तयार गरी म्याद जाने प्रकृतिका फाइलहरुलाई छिटो टुङग्याउनु पर्छ ।’
कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख भन्सार परीक्षण प्रशासक लक्ष्मी प्रसाद निरौलाले विभिन्न निकायबाट आएका निर्देशन र सल्लाहलाई लागु गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराले भन्सार जाँचपास परीक्षण कार्यालय चलायमान भएको कारण नासुदेखि उपसचिवसम्मका कर्मचारीहरुको रोजाइमा पर्न थालेको बताउनुभयो।
कार्यक्रममा अवकाश प्राप्त प्रशासकहरु मध्येबाट मुकुन्दराज पन्थी र किशोर जोशी तथा अवसकाश प्राप्त पिसिए कर्मचारीहरुबाट अशोककुमार सत्याल र सुरेश थपलिया एवम् वर्ष उत्कृष्ट कर्मचारीका रुपमा भन्सार परीक्षक सुर्यप्रसाद काफ्लेलाई सम्मान एवम् पुरस्कृत गरियो ।








प्रतिक्रिया राख्नुहोस्