अछामका एक युवकको भारतमा रेलमा च्यापिएर मृत्यु
अछाम । अछामका एक युवकको भारतमा रेलमा च्यापिएर मृत्यु भएको छ ।
जिल्लाको मङ्गलसेन ४ खातिगाउँका प्रकाश भुलको रेलमा च्यापिएर मृत्यु भएको हो ।
३० वर्षका भुललाई सेप्टेम्बर १५ तारिखका दिन भारतको तेलंगना राज्यको हैदरबाद जिल्लास्थित अलवाल स्टेसनमा रेलले ठक्कर दिएको थियो । आफन्तको मलामीबाट फर्किँदै गर्दा रेलवे पार गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको त्यहाँ रहेका टेकबहादुर आउजीले बताउनुभएको छ ।
उनको सोही दिन घटनास्थलमै मृत्यु भए पनि आफन्तले ढिलो गरी थाहा पाएका हुन् ।
पाँच दिनसम्म पनि प्रकाश सम्पर्कमा नआएपछि उनको खोजी गर्ने क्रममा अलवात स्टेसनमा उनले लगाएका कपडा र चप्पल भेटिएपछि त्यसको आधारमा उनको खोजी गरिएको थियो ।
मृतकका आफन्त राजेश भुलका अनुसार शवको हैदराबादको गान्धी अस्पतालमा पोष्र्टमार्टम गरिएको छ ।
बाल्यावस्थामै भारत रहेका उनी १५ वर्ष अघिदेखि भारतमै रोजगारी गर्दै आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्