मकवानपुर बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, २४ जना घाइते

मकवानपुर । मकवानपुरमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
छ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना भएको हो ।
बस दुर्घटनाग्रस्त हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो ।
घुमाउरो बाटोमा दुर्घटना हुँदा भई बस ५० मिटर तल तल्लो सडकमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरूलाई अस्पताल पठाइएको साथै मृतकको सनाखत हुन बाकी रहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्