तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु 

मकवानपुर ।  मकवानपुरमा आज दिउँसो बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख ७८५८ नम्बरको बस भिमफेदि गाउँपालिका –६ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी गौतमका अनुसार दुर्घटनामा घाइतेको उद्धार कार्य चलिरहेको छ । 

गम्भीर घाइतेहरूलाई काठमाडौँ पठाइएको साथै मृतकको सनाखत भएको छैन ।  बसमा कति यात्रु थिए भन्नेबारे नखुलेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button