तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, छोराछोरी घाइते

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका ५ अण्डैयामा आज बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोराछोरी घाइते भएका छन् ।

स्थानीय शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन् । घाइते लक्ष्मीलाईलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । विजयलाई  सामान्य चोटपटक लागेको छ । ललितामाथि धारिलो हतियार प्रहार गरिएको बताइएको छ । घटनापछि शेरबहादुर फरार भएको र उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय मालाखेती र मसुरियाबाट दुई टोली परिचालन गरिएको कैलालीका डिएसपी वेद जोशीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button