मधेश प्रदेश ट्राफिक प्रहरीद्वारा २ महिनामा ३३ करोड ६० लाख राजश्व सङ्कलन
बारा । मधेश प्रदेश ट्राफिक प्रहरीले २ महिनामा ३३ करोड ६० लाख राजश्व सङ्कलन गरेको छ ।
साउन र भाद्रमा प्रदेशका आठ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका ४७ हजार ९६ सवारी साधनलाई कारबाही गरी उक्त रकम बराबरको जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन, भदौ दुई महिनाको अवधिमा प्रदेश भरीमा कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ पुरुष, ११ महिला र ५ बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता प्रहरी उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्