कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
टीकापुर कैलाली । कैलालीमा आज दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेट्टिएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा गरी दुई जना मृत अवस्थामा भेट्टिएका प्रहरीले जनाएको छ ।
गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला र धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्ण नगरपालिका नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत अवस्थामा भेट्टिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
आज बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रवक्ता जोशीले बताउनुभयो ।
छोरीको घर आएका जेठारा मङ्गलवार साँझ बाहिर निस्किएका र अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा भेट्टिएका र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्