तपाईँ सुन्दै हुनुहुन्छः

खैरो हिरोइनसहित ६ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका–१५, सूर्य नगरबाट खैरो हिरोइनसहित ६ जना पक्राउ परेका छन् ।

१० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले गए राति भरतपुर महानगरपालिका १५, सुर्यनगर, च्यानडाँडाबाट उक्त परिमाणको खैरो हिरोइनसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button