तपाईँ सुन्दै हुनुहुन्छः

रुखमा कार ठोक्किँदा दुई जनाको मृत्यु, चार घाइते

झापा । झापाको शिवसताक्षीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा– ५ निवासी ४४ वर्षीय बलराम यादव र इटहरी– १० का ३० वर्षीया गीता चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिनुभयो ।

घाइते हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ निवासी ४० वर्षीया रीता चौधरी, इटहरी–८ निवासी २७ वर्षीय तेजन चौधरी, धरान–१५ निवासी ३६ वर्षीय बिभिसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज अपराह्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–९ १० स्थित सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

तीव्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा ठोक्किएको थियो । रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । चालकसहित कारमा ६ जना सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button