तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनलाई मितव्ययी बनाउनुपर्छ: अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन खर्चिलो हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

पर्वतको कुश्मा बजारमा आज जिल्ला समन्वय समितिको भवन उद्घाटन गर्दै उहाँले निर्वाचन जित्नका लागि खर्च गर्नैपर्ने बाध्यताका कारण लामो समय निष्ठाको राजनीति गर्नेहरू पलायन हुनुपरेको र सम्भ्रान्त वर्ग उम्मेदवार बन्ने वातावरण बन्दै गएकोमा दुख व्यक्त गर्नुभयो ।

file photo

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । आगामी मङ्सिर ४ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै उहाँले निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनबाट मात्रै लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र सङ्घीयता सफल हुने बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशी र विकास लम्साल तथा प्रतिनिधि सभा सदस्य पदम गिरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button