तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा बाराका स्थानीय तहहरुमा विभिन्न कार्यक्रम

बारा । संविधान दिवसको अवसरमा बाराको स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । दिवसको अवसर पारेर जिल्लाका स्थानीय तहले कार्यालयमा झण्डोत्तोलन, शहिद सम्मान, प्रभातफेरीलगायतका कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।

दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको कार्यालयले आज झण्डोत्तोलन र शहिद सम्मान कार्यक्रमको आयोजना गरेको छ । उपमहानगरकापालिकाका नगर प्रमुख विनोद साहले कार्यालय परिसरमा झण्डोत्तोलन गरेका थिए ।

निजगढ नगरपालिकाले संविधान दिवसको अवसरमा कार्यलय परिसर सरसफाई र झण्डोत्तोलनको कार्यक्रम गर्दै मनाएको छ । नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले झण्डोत्तोलन गरेका थिए । संविधान दिवसको अवसरमा कोल्हबी नगरपालिकाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कार्यालय परिसरबाट निकालिएको प्रभातफेरी बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

संविधान दिवसको अवसरमा परवानीपुर गाँउपालिकाले पनि विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । गाँउपालिकाले पालिका क्षेत्र भित्रका सांसद, पूर्वमन्त्री, पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष, पूर्वजनप्रतिनिधिलगायत सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।

दिवसको अवसरमा करैयामाई गाँउपालिकाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । गाँउपालिकाको कार्यालय परिसरमा झण्डोत्तोलन गरिएको हो । गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले झण्डोत्तोलन गर्नुभएको हो । पचरौता नगरपालिकाले पनि दिवसको अवसरमा झण्डोत्तोलन गरेको छ ।

नगरपालिकाले कार्यालय परिसरमा झण्डोत्तोलन गरिएको हो । यसैगरी कार्यालयले साँझ दीप प्रज्वनल गर्ने भएको छ । दिवसको अवसरमा कार्यालय परिसरमा दीप प्रज्वलन गर्न लागेको वडाध्यक्ष लक्ष्मी यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button