तपाईँ सुन्दै हुनुहुन्छः

सन्देश पण्डितकाे पुस्तक ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ् हन्ड्रेड’ सार्वजनिक

काठमाडौँ । युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ् हन्ड्रेड’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

पुस्तकमा स्वास्थ्यसम्बन्धी जानकारीलाई मसिनो तरिकाले केलाइएको छ । अङ्ग्रेजी भाषामा लेखिएको भए पनि पुस्तक अध्ययन गर्नका लागि मेडिकल ज्ञानको आवश्यकता नपर्ने पुस्तकका लेखक डा.पण्डितले जानकारी दिनुभयो ।

विश्वका विभिन्न ठाउँमा एक सय वर्ष बाँचेका मानिस, तीनको खानपिन, रहनसहन, जीवनशैलीलाई पुस्तकमा सविस्तार चर्चा गरिएको छ । साथै विभिन्न उपचार पद्धतिलाई सरल तरिकाले बुझाइएको छ भने चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी जानकारीमूलक कुरा पुस्तकमा समेटिएको छ । 

आजको समयमा किन यति धेरै मानिसहरू रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा पुस्तकमा उल्लेख छ । यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा. पण्डितले बताउनुभयो । हाम्रा हजुरबुबा, हजुरआमा पुस्ताका मानिसहरू एक सय वर्ष विना कुनै औषधि बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौँ स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ । शिखा बुक्सले पुस्तक प्रकाशनमा ल्याएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button